बिराटनगर । बिहिबार दिउँसो थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका ८ र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । हालसम्म नेपालमा निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ ।
यसअघि झापामा बिहिबार बिहान १० जना र बुधबार ५ जनामा संक्रमण पुष्टि भएको थियो । बिगत २४ घण्टाको अवधिमा झापामा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।