संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । बाँकेको क्वारेन्टाइनमा रहेका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । क्वारेनटाईनमा रहेका बाँकेको नरैनापुर–५ का २५ बर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

स्वाब परीक्षणका क्रममा ती युवामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा ती युवाको मृत्यु कोरोनाका कारण भएको पुष्टि गरे ।

Advertisement

उनी बैशाख ३० गते भारतबाट आएका थिए । त्यसपश्चात क्वारेनटाईनमा रहेका बेला गएराती उनमा ज्वरो आउँनुका साथै झाडापखला पनि लागेको थियो । बिहान ६ः४० बजे उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या दुई पुगेको छ । यसअघि हिजो सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु पनि कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको थियो ।

नेपालमा आईतबार अपरान्हसम्म २९२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने २८ जिल्लामा संक्रमण फैलिएको छ । संक्रमण पुष्टि भएका ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!