संगालोखबर सम्वाददाता

बिराटनगर । बिहिबार बिहान ६ः१५ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या अध्यावधिक गर्यो । काठमाण्डौं र कपिलबस्तुका दुई जना संक्रमित थपिएर २४५ संक्रमित पुगेको विवरण सार्वजनिक भएको केही समय भित्रै पुनः मन्त्रालयले विवरण अध्यावधिक गरेर संक्रमितको संख्या २५० पुर्यायो ।

Advertisement

सर्लाही, धनुषा र महोत्तरीका थप पाँच जनामा संक्रमण पुष्टि भएको भन्दै बिहान ७ः४५ बजे मन्त्रालयले पुनः संक्रमितको विवरण अध्यावधिक गरेपछि अधिकांस सञ्चारमाध्यमले संक्रमितको संख्या २५० पुगेको समाचार सार्वजनिक गरे । कोरोना संक्रमितको संख्या गढबढी हुँन नदिन एकद्वार प्रणाली अवलम्बन गरेको स्वास्थ्य मन्त्रालयकै तर्फबाट सह–प्रवक्ता डा.समिरकुमार अधिकारीको हस्ताक्षरसहित प्रेस बिज्ञप्ति जारी भएपछि सञ्चारमाध्यमले त्यसैलाई आधार मानेर समाचार प्रकाशन गरे । कोरोना संक्रमण फैलदै गएर त्रसित भईरहेका सर्वसाधरणलाई बिहानै सात जना संक्रमित थपिएको समाचारले थप त्रसित बनायो ।

तर, स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेर २५० संक्रमित पुर्याएको विवरण गलत सावित भयो । मन्त्रालयले नै पुनः १०ः१५ बजे सूचना सच्याउँदै प्राविधिक कारणले गल्ती भएको भनेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ । ‘कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ ।’ मन्त्रालयले सच्याएको सूचनामा भनिएको छ ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनःरिपोटिङ भएको जानकारी गराईन्छ ।’

सरकारको आधिकारीक निकायबाटै संक्रमितको संख्या गणनामा हेलचेक्राँई भएर गलत सूचना सार्वजनिक भएको भन्दै अहिले सामाजिक सञ्जालमा मन्त्रालयको आलोचना हुन थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!