अवैध कल बाइपासमा संलग्न एक जना पक्राउ

अवैध कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध कल बाइपासमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मैनुद्धिन धुनियाको घरमा डेरा गरेर बस्ने भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी छन् । उनले अवैध भीओआईपी प्रयोग गरेर कल बाइपास गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मी बताउँछन् । विशेष सुचनाको आधारमा ब्युरोको टोलील...
रंगशालाको बारमा डोजर लगाउँने नेता कँडेललाई नेकपाले गर्यो निलम्बन

रंगशालाको बारमा डोजर लगाउँने नेता कँडेललाई नेकपाले गर्यो निलम्बन

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्व...
रंगशालाको बार भत्काएको आरोपमा १७ जना पक्राउ

रंगशालाको बार भत्काएको आरोपमा १७ जना पक्राउ

चितवन ।  चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्। कँडेल सत्तारूढ नेकपाका स्थानीय ...
धनुषामा ‘दैवीय शक्ति’ पाउने अन्धविश्वासले छिमेकी बालककाे ‘बलि’ दिएको खुलासा

धनुषामा ‘दैवीय शक्ति’ पाउने अन्धविश्वासले छिमेकी बालककाे ‘बलि’ दिएको खुलासा

जनकपुर । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे । मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फक...
वृद्धभत्ता बढेर ३ हजार पुग्यो

वृद्धभत्ता बढेर ३ हजार पुग्यो

काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । अरु भत्ता एक हजार बढेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रु...
सरकारले सबै नेपालीको स्वास्थ्य बीमा गर्ने

सरकारले सबै नेपालीको स्वास्थ्य बीमा गर्ने

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७६।७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले सरकारले सबै नेपालीलाई स्वास्थ्य बीमा गर्ने योजना ल्याएको बताएका छन् । स्वास्थ बीमाका लागि ६ अर्ब बजेट पनि बिनियोजन गरेको उनले बताएका छन् । उनले बी...
गणतन्त्र दिवसमा ४३४ कैदीको कैद मिनाहा

गणतन्त्र दिवसमा ४३४ कैदीको कैद मिनाहा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवसका दिन बुधबारदेखि लागू हुने गरी ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेकी छन् । उनीहरू बुधबार छुटदैछन् । मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो । गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्ता...
फिरौती बुझाउँन नसक्दा पर्सामा ८ बर्षीय बालकको अपरहणपछि हत्या

फिरौती बुझाउँन नसक्दा पर्सामा ८ बर्षीय बालकको अपरहणपछि हत्या

वीरगञ्ज । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ । गत शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका बालकको हत्या भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढ...
मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै सरकारविरुद्ध नेविसंघको प्रर्दशन

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै सरकारविरुद्ध नेविसंघको प्रर्दशन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए । प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा...
बिप्लव समूहले गराएको बम बिस्फोटपछि सर्वसाधरणमा आक्रोस, नागरिकस्तरबाट बिरोध

बिप्लव समूहले गराएको बम बिस्फोटपछि सर्वसाधरणमा आक्रोस, नागरिकस्तरबाट बिरोध

काठमाण्डौं । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले प...
विभिन्न ठाउँमा विस्फोटक पदार्थ र शंकास्पद वस्तु फेला

विभिन्न ठाउँमा विस्फोटक पदार्थ र शंकास्पद वस्तु फेला

काठमाडौं । देशका विभिन्न जिल्लाहरुमा विस्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । आज बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोली...
सुकेधाराको सैलुनमा ग्यास सिलिन्डर विस्फोट

सुकेधाराको सैलुनमा ग्यास सिलिन्डर विस्फोट

काठमाडौं। सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ६ जना घाइते भएका छन् । सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएक...
राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या

राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या

भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या भएको छ । इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ । सुतिरहेका बेला उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहर...
को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

काठमाण्डौं । एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले भ्रष्टाचार गर्दा कसले औंलो ठड्याइरहेको हुन्छ ? जवाफ प्रष्ट छ– पत्रकार । खुलामञ्चमै सटर हालेर सार्वजनिक स्थल बेचिँदा यो दृश्य दुईतिहाईको सरकारले देखेकै थिएन । कसले खुलामञ्चको बिक्री प्रकरण...
आज देशभरका अदालत बन्द

आज देशभरका अदालत बन्द

काठमाडौँ । आज देशभरका अदालत बन्द हुने भएको छ । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज (आइतबार) देशभरका अदालत बन्द गर्ने निर्णय गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए । पूर्व प्रधानन्यायाधीश खत्रीको शनिबार मृत्यु भएको थियो । उनको नेपाल मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो। एक सय वर्षीय खत्रीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ...
भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई जागिरबाट बर्खास्त गरी जेल चलान

भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई जागिरबाट बर्खास्त गरी जेल चलान

काठमाण्डौं । नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ । उदयपुरस्थित क...
डेढ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

डेढ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाडौं। नापी कार्यालय साँखु,काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले दुबै...
विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारुसहित दुई पक्राउ

विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारुसहित दुई पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारतीय रुपैयाँसहित दुई व्यक्ति पक्राउ परेका छन् । विमानस्थलको भन्सारमा चेकिङमा क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो । यसअघि समेत भारु तस्करीमा जेल परेका युनुस अन्सारीकै समूहले तस्करी गरेको आशंका गरिएको छ । बरामद नोट लिएर उनीहरूमाथि सोधपुछ भइरहेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बता...
तरकारीमा पाँच तहका बिचौलिया सक्रिय, मुल्य आकासिदा सर्वसाधरण मारमा

तरकारीमा पाँच तहका बिचौलिया सक्रिय, मुल्य आकासिदा सर्वसाधरण मारमा

काठमाण्डौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ । केही महिनाअघि तराई क्षेत्रमा भएको ...
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

  काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दि...
काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो । भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको हो । मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग...
अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरबाट सुन र नगद चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची। अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको  छ। लामो समयदेखि सोही स्कूलमा प...
गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ

काठमाण्डौं। राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिस...
२५ रुपैयाँमा पेटभरी खाना !

२५ रुपैयाँमा पेटभरी खाना !

भैरहवा । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उ...
भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी

भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी

काठमाण्डौं, ३० बैशाख । राजधानीको एक शिक्षण सस्थामा कार्यरत शिक्षकहरुले बर्षौदेखि किर्ते काम गर्दै आएको खुलासा भएको छ । नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोलेर गत पाँच वर्षदेखि भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेको भेटिएको हो । भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेर नौ किसिमका कितावहरु अनुमति बिना नै हजारौंको संख्यामा विक्री वितरण गरी किर्ते र ठगी गर्दै आ...
नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

काठमाडौं । नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । सम्झौतामा सरकारी र कूटनीत...
विप्लव कार्यकर्ता पक्राउ गर्न हवाई फायर

विप्लव कार्यकर्ता पक्राउ गर्न हवाई फायर

रुकुम पश्चिम । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव निकट कार्यकर्ता पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको हो । युवा संगठनका जिल्ला अध्यक्षसमेत रहेका डिल्लीराज शर्मालाई पक्राउ गर्न हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पक्र...
बौद्धमा स्थानीय र प्रहरीबीच झडप

बौद्धमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं। चाबहिल–जोरपाटी सडकखण्ड छिटो पिच गर्नुपर्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेका थिए । चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूर...
लोकल कुखुरामा भेटियो बर्डफ्लू

लोकल कुखुरामा भेटियो बर्डफ्लू

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ मा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । मध्यबिन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोले पालेका कुखुरामा बर्डफूल भेटिएको नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्याम कृष्ण तिवारीले बताए । महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि चितवनको राष्ट्रिय पन्छी प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिए...
धनकुटाकी बन्दनालाई गिनिज बुकको प्रमाणपत्र

धनकुटाकी बन्दनालाई गिनिज बुकको प्रमाणपत्र

काठमाण्डौं । धनकुटाकी बन्दना नेपाललाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्व किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ । लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राखेकी बन्दनालाई राजधानीमा एक कार्यक्रमका वीच प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रमाणपत्र हस्तान्तरण गरे । यसअधि लगातार १ सय २३ घण्टा नृत्य गर्ने कलाकारको नाममा रहे...
error: Content is protected !!