संगालोखबर सम्वाददाता

काठमाडौं । कपिलबस्तुका ३ जनामा शनिवार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका क्रममा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यसअघि शनिवार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिरहा, सर्लाही, बर्दिया, पर्सा र चितवनका ६ जनामा संक्रमण देखिएको हो ।

शनिवार ९ जनामा संक्रमण देखिएसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!