संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबार बिहान दुई जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं र कपिलबस्तुका दुई जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुका ६ बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेका छन् । जसमध्ये ३५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

Update News…

कोरोना संक्रमितको संख्या २५० पुग्यो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!