काठमाडौँ । भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सा सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा प्रस्तुत गरेकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समावेश छ ।