काठमाडौं । बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
बुधबार दिउँसो पनि दुई जनामा संक्रमण भेटिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।