- संगालोखबर सम्वाददाता

काठमाडौँ । पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भएको पाईएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा सुरक्षागार्डमा कोरोना संक्रमण पुष्टि भएको भेटिएको हो ।

श्रीमति बिरामी भएपछि एक महिना अघि उनी बिदामा गएको बताईएको छ । पुनः काममा फर्कने क्रममा सशस्त्र प्रहरीको अस्पतालमा उनको स्वाब संकलन गरेर परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएको थियो । परीक्षणका क्रममा मंगलबार संक्रमण देखिएका ८३ जना मध्ये उनमा पनि संक्रमण पुष्टि भएको हो । भक्तपुरबासी उनी नेकपा नेतासमेत रहेका रावलको सुरक्षार्थ पछुवा गाडीमा खटिएका थिए । अहिले उनको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको छ ।

यसैवीच भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षागार्डमा पनि कोरोना संक्रमण पुष्टि भएको र कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने गरी तय गरिएको बैठक स्थगित भएको हो ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षागार्डलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएकाले संभावित जोखिमलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!