संगालोखबर सम्वाददाता

बिराटनगर । कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय व्यक्तिको उपचारका क्रममा मृत्यु भएको भन्ने हल्ला गलत भएको रुपन्देही स्थित क्रिमसन अस्पतालले जनाएको छ । आज मध्यान्ह १२ बजे अस्पताल प्रशासनले प्रेस बिज्ञप्ति जारी गर्दै बिरामीको उपचार जारी रहेकाले मृत्यु भएको भन्ने हल्ला गलत भएको जनाएको हो ।

Advertisement

ज्वरो आउँने र टाउको दुख्ने समस्या भएपछि जेठ १ गते उनी रुपन्देहीको तिलोत्तमा–५ मनिग्राम स्थित क्रिमसन अस्पताल भर्ना भएका थिए । त्यसपश्चात प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा जेठ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको अवस्था गंभीर भएकाले आईसियूमा भेन्टिलेटरको सहायतामा उपचार भईरहेको अस्पतालले जनाएको छ । ‘केहि मिडिया र सामाजिक सञ्जालमा उपचाररत बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक, अतिरंजित समाचार सम्प्रेषण भई जनसमुदायमा त्रास सृजना भएको छ ।’ अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘गलत खबरको पछि नलाग्न सम्पूर्णमा अनुरोध गर्दै आईसियूमा भेन्टिलेटरको सहायतामा बिरामीको उपचार भईरहेको र उनको अवस्था गंभीर रहेको जानकारी गराउँछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!