काठमाडौं । बिहिबार बिहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही, धनुषा र महोत्तरीका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
परीक्षणका क्रममा महोत्तरीका १६ र ३५ बर्षीय पुरुष, धनुषाका ४० बर्षीय पुरुष, २० बर्षीया महिला र सर्लाहीका ४५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।
यसअघि बिहिबार बिहान नै काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुका ६ बर्षीया बालिकामा पनि संक्रमण देखिएको थियो । बिहिबार बिहान ७ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोराना संक्रमितको संख्या २४५ पुगेको हो । जसमध्ये ३५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।