काठमाडौं । शुक्रबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुर र बाँके ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वाँकेको नैनापुरका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षीय पुरुष र मकवानपुरका ३७ बर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।