संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबार साँझ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, धनुषा र धादिङका एक/एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौं दहचौकका ७ बर्षीय बालक, धनुषाको जनकपुरका १७ बर्षीय युवती र धादिङका ३० बर्षीया महिलामा संक्रमण देखिएको हो । यसअघि बिहिबार बिहान दुई जना र दिउँसो एक जनामा पनि संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । बिहान २५० संक्रमित पुगेको विवरण सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संख्या गणनामा प्राविधिक कारणले त्रुटी भएको भन्दै सच्याएर संक्रमितको संख्या २४५ मात्र भएको जनाएको थियो । त्यसयता चार जना संक्रमित थपिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!