संगालोखबर सम्वाददाता


काठमाडौं । बुधबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो २४ घण्टा यता २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलबस्तुमा १३ जना, बाँकेमा ६ जना, धनकुटामा ५ जना र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Advertisement

यसैवीच हालसम्म ४५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!