काठमाडौं । बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वाँकेको नेपालगञ्ज–८ का ३६ बर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ । जसमध्ये ३४ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।
पछिल्लो केहि दिन यता कोरोना संक्रमित थपिने क्रम बढेको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
Update News…