चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ छन् । माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो । उनीसँगै रहेका स्थानीय हदिस मियाँ घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्द...
विराटनगरमा सफारी चालकको आन्दोलनले राजमार्ग ठप्प (फोटो फिचर)

विराटनगरमा सफारी चालकको आन्दोलनले राजमार्ग ठप्प (फोटो फिचर)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि चालकहरू आन्दोलित बनेका छन् । बिहीबारबाट राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएको विरोधमा आज शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । केहीबेर विराटनगर महानगरपालिका अगाडि धर्ना दिएका सफारी चालकले अहिले भने कोशी राजमार्ग अन्तर्गत बरगाछीमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूले राजमार्गमा सफारी च...
विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगर । राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरे । सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए । महानग...
बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

धनकुटा । धनकुटाको चौबिसेमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका–५ बैकुण्ठेका ४५ वर्षीय प्रेमबहादुर जोगीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले जोगीको साथबाट एउटा भरुवा बन्दुक, एउटा खुकुरी र एउटा चक्कु समेत बरामद गरेको छ । उनीबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्...
पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर । विस्फोटक पदार्थ पड्‌किँदा घाइते भएका पाँचथरको फालेलुङका दाजुबहिनीको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५ स्थित डाँडा गाउँको एक घरमा विस्फोट हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षीय दिप्सन साँवा र उनकी बहिनी दुई वर्षीया प्रियंशा साँवा छन् । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचा...
पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको अज्ञात वस्तु विस्फोट घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । उक्त घटनामा परी डाँडागाउँका दिलीप सा...
भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

सुनसरी । भारी वर्षापछि आज साँझ भेलले बगाउँदा धरानमा एक बालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ ऐश्वर्य मार्गको नालामा आएको भेलले बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो । स्थानीय भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत उनलाई पढाइ सकेर घर फर्कँदै गर्दा नालाको भेलले बगाएको थियो । उनको शव धरान–१७ स्थित ठकुरी खोला पुलदेखि करिब सय मिटर उत्तरतर्फ फेला परेको प्रहरीले जनाएको छ । भारी ...
राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आजबाट राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएको छ । यसको सफारी चालकले विरोध जनाएका छन् । कतिपयले समर्थन गरेका छन् भने कतिपयले विरोध जनाएको छन् । विराटनगर–६ का महम्मद अन्सारी सिटी सफारी चलाउँदै आएका छन् । कोशी राजमार्गमा सफारी चलाउन रोक लगाएको प्रति उनको आपत्ति छ । यो नियमका कारण सफारी चालकलाई धेरै समस्या पर्न...
धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा चट्याङबाट एक घर पूर्णरूपमा क्षति भएको छ । बिहीबार दिउँसो पानीसँगै चट्याङ पर्दा घरमा आगो लागेको प्रहरीले जनाएको छ । स्थानीय खेमबहादुर गिरिको घरमा चट्याङ पर्दा आगलागी भइ घर क्षतिग्रस्त भएको हाृ । घरमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको वडाध्यक्ष हेमबहादुर गिरिले बताए । घरको छानो लाउन ठिक पारेको ठूलो परिमाण काठ समेत जलेको छ । आगो करिब २ घण्टा पछि नियन...
पाँचथरको फालेलुङमा विस्फोटः चार जना घाइते

पाँचथरको फालेलुङमा विस्फोटः चार जना घाइते

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–५ डाँडागाउँका आइतराज केरुङको घरमा अज्ञात वस्तु विस्फोट भएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । विष्फोटमा परी दिलिप साँवाका ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रियङ्का गम्भीर घाइते भएका छन् । सोही घरमा बस्दै आएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राई पनि गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाला...
भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

विराटनगर । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा विराटनगरको कोशी अस्पतालमा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । बिहीबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्...
बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

विराटनगर । बँदेल मारेको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह जोगिनिया कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई स्कारपियो गाडीमा ‘पोइन्ट टुटुु’ क्यालिबर राइफल सहित फेला पारेक...
विराटनगरमा ज्येष्ठ नागरिक सेवा समाजको तीज कार्यक्रम 

विराटनगरमा ज्येष्ठ नागरिक सेवा समाजको तीज कार्यक्रम 

विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आमाहरूलाई दर खुवाउनुका साथै नाचगानसमेत गरिएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन...
धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटा । धनकुटाको खनियाबासमा गुडिरहेको टेम्पोमा आगलागी भएको छ । यात्रु लिएर छथर जोरपाटीबाट धनकुटा आउँदै गरेको अवस्थामा धनकुटा नगरपालिका–५ खनियाबासमा पुगेपछि टेम्पोमा अचानक आगलागी भएको थियो । प्र १–०२–००३ ह ३८९७ नम्बरको उक्त टेम्पो छथर जोगपाटी–३ का ४० वर्षीय कुमार लिम्बूले चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार टेम्पोमा उनीबाहेक अरु तीनजना यात्रु पनि थिए । उक्त स्थानमा पुग्दा अचानक आगो...
अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पक्राउ

अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पक्राउ

विराटनगर । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । संदिग्धलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपमा पक्राउ गरिएको जनाइएको छ । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही टेलिफोन कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरू लगाइसकेको छैन । प्रहरीले बुधबा...
सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै

विराटनगर । बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । तोलामा एक सय रुपैयाँले बढेर आज सुनको मूल्य १ लाख ५३ हजार २ सय पुगेको छ । बुधबार सुनको मूल्य १ लाख ५३ हजार १ सयमा कारोबार भएको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको...
तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरी र तेह्रथुममा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा ग्यास बोकेको ट्रकको चक्काले किचिँदा गएराति सहचालकको मृत्यु भएको हो । को १ क १६८१ नम्बरको ट्रकले किचिएर सुनसरीको इटहरी घर भएका ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक सुनसरीको रामधुरीका ४४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, सुन...
सिर्जनात्मक कार्यक्रमका साथ संविधान दिवस मनाउने कोशी सरकारको तयारी

सिर्जनात्मक कार्यक्रमका साथ संविधान दिवस मनाउने कोशी सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले यो वर्षको संविधान दिवस मनाउने तयारी सुरु गरेको छ । यसका लागि ५०१ सदस्यीय मूल समारोह समिति बनाइएको सरकारले जनाएको छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाइने दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको बैठकले दिवसको तयारी सुरु गरेको हो । यस पटकको संविधान दिवस सिर्जनात...
महिला राष्ट्रिय लिगमा सहभागी हुँदै कोशी टिम

महिला राष्ट्रिय लिगमा सहभागी हुँदै कोशी टिम

विराटनगर । कोशी प्रदेश फुटबल संघले काठमाडौँमा भदौ १६ गते देखि हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको महिला टोलीलाई विदाई गरेको छ । आज संघले विराटनगरस्थित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा टोलीलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्दै विदाई गरेको हो। मुख्यमन्त्री कार्कीले टोलीलाई विद...
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

विराटनगर । पछिल्लो समय अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको सङ्ख्या बढ्दो छ । यसै क्रममा १७६ जना नेपाली ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा पसेका छन् । उनीहरू सकुशल रहेको र आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली...
रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

ताप्लेजुङ । ताप्लेजुङमा रेडपान्डा दिवसको अवसरमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । रेडपान्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हिमाली संरक्षण मञ्चले जनाएको हो ।  असोज ५ गते हुने प्रतियोगितामा सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्ने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग रेडपान्डाका मुख्य बासस्थान पाथीभरा क्षेत्रमा ...
स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

विराटनगर । भोजपुर घर भएकी २१ वर्षकी मुना पाण्डे स्नातक अध्ययनका लागि तीन वर्षअघि अमेरिका पुगेकी थिइन् । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत उनको सोमबार साँझ टेक्सासको ह्युस्टनमा गोली हानी हत्या भएको छ । छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युस्टन प्रहरीले जानकारी दिएको ...
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

विराटनगर । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुनको मूल्य १ लाख ५३ हजार १ सय कायम भएको महासङ्घले जनाएको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।  यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार आठ सय ५० रुपैयाँ ...
उपाधि हात पार्न नेपाल र बङ्गलादेश आज भिड्दै

उपाधि हात पार्न नेपाल र बङ्गलादेश आज भिड्दै

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधिका नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । समूह चरणको पहिलो भेटमा नेपालले बङ्गलादेशलाई २–१ ले पराजित गरेको थियो । फाइनलअघि भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाल र बङ्गलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि त...
उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

इलाम । इलामका भुवन खतिवडा र तेजकुमारी खतिवडाका दुई सन्तान छन् । उनीहरू दुवैमा अपाङ्गता छ । जेठो सन्तान भुपाल र कान्छो आलोक दुवैजनाको कम्मर चल्दैन । २३ वर्षीय आलोकको कम्मर नचल्दा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्दैनन् । अरुको सहयोग चाहिन्छ । तर उनको मेहनत उदाहरणीय छ । हालसालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उनी उत्तीर्ण भए । अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । आलोकका दाजु २६ ...
राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्ण रथयात्रामा १४३ जना व्यक्ति पक्राउ परेका छन् । चोरी, पकेटमार र अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विभिन्न घटनामा संलग्न भएका उनीहरूलाई पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेकामध्ये १० जना महिला छन् । पक्राउ पर्नेमा केही भारतीय नागरिक पनि रहेका उनको भनाइ छ । वीरगञ्जबाट आएका १४ जना पेसेवर प...
खुकुरी प्रहार गरी धरानमा छोरीको हत्या, आमा गम्भीर घाइते

खुकुरी प्रहार गरी धरानमा छोरीको हत्या, आमा गम्भीर घाइते

सुनसरी । सुनसरीको धरानमा आमाछोरीमाथि खुकुरीले आक्रमण भएको छ । आक्रमणमा परी छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार आज दिउँसो सङ्खुवासभाको खाँदबारी घर भएका बबिन बरालले उनीहरूमथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट १४ वर्षीया युजिन राईको मृत्यु भएको छ । उनकी आमा सिर्जना शाही राई गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ...
विराटनगरको राधाकृष्ण रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान

विराटनगरको राधाकृष्ण रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान

विराटनगर । विराटनगरमा आज निकालिने श्री राधाकृष्ण रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार नेपाल र छिमेकी देश भारतबाट रथयात्राको प्रत्यक्ष अवलोकन गर्न पाँच लाख भक्तजन सहभागी हुनेछन् । एक महिना अघिदेखि तयारी थालेको समितिले रथयात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निकायसँग सहकार्य गरेको छ । रथयात्रामा सहभागी भक्तजनहरूले सहजै रथको अवलोकन गर्न ...
‘खटयात्रा’ देखि रथयात्रासम्म

‘खटयात्रा’ देखि रथयात्रासम्म

विराटनगर । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा दाबी गरिएको राधाकृष्ण रथयात्रा हरेक वर्षझैँ यो वर्षपनि आज निकालिँदै छ । ५६औं संस्करणको रथयात्रा विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ । राधाकृष्ण मन्दिरको स्थापनासँगै वि.सं. १९८८ सालदेखि युगल जोडी भगवान श्री राधाकृष्ण आरुढ ‘खट’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण भएको हो । खटयात्रालाई स्थानीय भू...
रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

विराटनगर । विराटनगरमा भोलि निकालिने राधाकृष्ण रथयात्राका लागि ११४ जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ५५ स्थानमा ट्राफिकलाई ड्युटीमा खटाइने छ । रथयात्राका लागि सुनसरी र झापाबाट समेत २५ जना ट्राफिक प्रहरी झिकाइएको उनले जानकारी दिए । मोरङमा ११० जना ट्राफिक प्रहरी छन् । अन्य स्थानमा पनि नियमित ड्युटी गर्नुपर्...
error: Content is protected !!