संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले पीपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर-बँगुरमा लाग्ने पीपीआर/स्वाइन फिभर विरुद्धको निःशुल्क खोप शुभारम्भ गरिएको हो ।

विराटनगर-४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष जितन थापाको अध्यक्षतामा खोप अभियानको शुभारम्भ गरिएको छ ।

Advertisement

महानगरभित्रका सबै वडामा कृषकले पालेका २४ हजार १ सय खसी-बाख्रालाई पीपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर-बँगुरलाई १ हजार १ सय डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।

महानगरका सबै वडामा खोप अभियान सञ्चालन गरिनेछ । खोप लगाइसकेपछि पीपीआर/स्वाइन फिभरबाट हुने मृत्युको जोखिम कम हुने यादवले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!