संगालोखबर

धनकुटा । धनकुटाको खनियाबासमा गुडिरहेको टेम्पोमा आगलागी भएको छ । यात्रु लिएर छथर जोरपाटीबाट धनकुटा आउँदै गरेको अवस्थामा धनकुटा नगरपालिका–५ खनियाबासमा पुगेपछि टेम्पोमा अचानक आगलागी भएको थियो ।

Advertisement

प्र १–०२–००३ ह ३८९७ नम्बरको उक्त टेम्पो छथर जोगपाटी–३ का ४० वर्षीय कुमार लिम्बूले चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार टेम्पोमा उनीबाहेक अरु तीनजना यात्रु पनि थिए ।

उक्त स्थानमा पुग्दा अचानक आगो लाग्न सुरु भएपछि सबैजना हतारहतार टेम्पोबाट उत्रिएका थिए । टेम्पो जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!