संगालोखबर

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधिका नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । समूह चरणको पहिलो भेटमा नेपालले बङ्गलादेशलाई २–१ ले पराजित गरेको थियो । फाइनलअघि भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाल र बङ्गलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि तयार भएको बताए ।

Advertisement

सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । सन् २०१७ मा राउन्ड रोविनका आधारमा नेपालले उपाधि जितेको थियो ।

बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो । दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!