संगालोखबर

विराटनगर । विराटनगरमा भोलि निकालिने राधाकृष्ण रथयात्राका लागि ११४ जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ५५ स्थानमा ट्राफिकलाई ड्युटीमा खटाइने छ ।

Advertisement

रथयात्राका लागि सुनसरी र झापाबाट समेत २५ जना ट्राफिक प्रहरी झिकाइएको उनले जानकारी दिए । मोरङमा ११० जना ट्राफिक प्रहरी छन् । अन्य स्थानमा पनि नियमित ड्युटी गर्नुपर्ने भएकाले अन्य जिल्लाबाट ट्राफिक प्रहरी ल्याइएको हो ।

बिहान ८ बजेबाट रथयात्रा समापनसम्म ट्राफिक प्रहरी परिचालित हुनेछन् । सवारी आवतजावतलाई सहज र व्यवस्थित बनाइने ट्राफिक प्रहरीले दावी गरेको छ । राजमार्गमा चल्ने ठूला सवारी साधन आइसीपी र नेमुवामा होल्ड गर्ने ट्राफिक प्रहरीको योजना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!