संगालोखबर


विराटनगर । बँदेल मारेको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह जोगिनिया कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले उनीहरूलाई स्कारपियो गाडीमा ‘पोइन्ट टुटुु’ क्यालिबर राइफल सहित फेला पारेको थियो । राइफल लाइसेन्स प्राप्त हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रहरीले उनीहरू फेला परेको केही टाढा बँदेल राखिएको एउटा बेवारिसे ट्याक्टर पनि फेला पारेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!