विराटनगर । बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । तोलामा एक सय रुपैयाँले बढेर आज सुनको मूल्य १ लाख ५३ हजार २ सय पुगेको छ । बुधबार सुनको मूल्य १ लाख ५३ हजार १ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।