संगालोखबर

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको अज्ञात वस्तु विस्फोट घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । उक्त घटनामा परी डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र दिलीपका छिमेकी घरका बालक ९ वर्षीय पवन राई घाइते भएका छन् । घाइतेहरूको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार अपराह्न ठूलो आवाजमा विस्फोट भएको थियो । स्थानीय बासिन्दाका अनुसार बालबालिका खेलिरहेको अवस्थामा डल्लो आकारको अज्ञात वस्तु विस्फोट भएको थियो । उक्त वस्तु के हो भन्ने यकिन भइसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पाँचथरको फालेलुङमा विस्फोटः चार जना घाइते

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!