संगालोखबर

विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आमाहरूलाई दर खुवाउनुका साथै नाचगानसमेत गरिएको थियो । 

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

चाडपर्व मनाउँदा आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने उनको भनाइ थियो । आयोजक संस्थाकी उपाध्यक्ष मिलन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशीलगायतको सहभागिता थियो ।

यस्तै, वडा नम्बर ११ का वडा सदस्य गायत्री थापा, गेहना पासवान, समाजसेवी तारा शर्मा ज्येष्ठ नागरिक समाज सेवाका सल्लाहकार गायत्री अग्रवाल, पिङ्गला भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!