संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङमा रेडपान्डा दिवसको अवसरमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । रेडपान्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हिमाली संरक्षण मञ्चले जनाएको हो । 

Advertisement

असोज ५ गते हुने प्रतियोगितामा सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्ने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग रेडपान्डाका मुख्य बासस्थान पाथीभरा क्षेत्रमा तय गरिएको छ ।

फुङलिङ बजारबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङलिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किलोमिटर दूरी पूरा हुने हुनले जानकारी दिए । यस कार्यक्रमले पर्यटकीय र जैविक विविधतामा समेत टेवा पुर्याउने अपेक्षा राखिएको राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!