संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको धरानमा आमाछोरीमाथि खुकुरीले आक्रमण भएको छ । आक्रमणमा परी छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार आज दिउँसो सङ्खुवासभाको खाँदबारी घर भएका बबिन बरालले उनीहरूमथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट १४ वर्षीया युजिन राईको मृत्यु भएको छ ।

उनकी आमा सिर्जना शाही राई गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको हो ।

Advertisement

खुकुरी प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

आमाछोरीमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!