संगालोखबर

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–५ डाँडागाउँका आइतराज केरुङको घरमा अज्ञात वस्तु विस्फोट भएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement

विष्फोटमा परी दिलिप साँवाका ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रियङ्का गम्भीर घाइते भएका छन् । सोही घरमा बस्दै आएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राई पनि गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ । उक्त घटनामा दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन् ।

आइतराजको घरमा अचानक विस्फोट भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार के विस्फोट भएको हो भन्ने खुलेको छैन । प्रहरी टोली घटनास्थलतर्फ गएकाले टोली पुगेपछि घटनाबारे विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!