
धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेवासका जगदनाथ रिजालले जिल्ला अस्पताल धनकुटालाई बस्नका लागि चकटी सहयोग गरेका छन् । पूर्व शिक्षक तथा समाजसेवी समेत रहेका रिजालले ३० थानचकटी सहयोग गरेका हुन् ।
जाडोको समयमा अस्पतालमा आउने बिरामीहरूलाई कुर्सीमा बस्न सहज होस् भन्ने उद्देश्यले कुर्सीमा ओछ्याउने चकटी प्रदान गरेको उनले बताए । उक्त सामग्री अस्पतालका प्रमुख डा. सन्तोष राईलाई हस्तान्तरण गरिएको छ ।
आफू बिरामी भएर आउँदा चिसो कुर्सीमा बस्दा थप बिरामी भएको सुनाउँदै उनले अरु बिरामीलाई समस्या नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको बताए । उनले आफूले निश्वार्थ भावले चकटी प्रदान गरेको सुनाए ।

संगालोखबर 













