संगालोखबर

विराटनगर । राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरे ।

Advertisement

सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए ।

महानगर अगाडि प्रदर्शनपछि सयौँको सङ्ख्यामा सिटी सफारीसहित चालकहरू कोशी राजमार्गको बरगाछीतिर गइरहेका छन् । उनीहरूले त्यहाँ राजमार्ग अवरोध गर्ने जनाएका छन् ।

ट्राफिक प्रहरीले विराटनगर महानगरसँगको समन्वयमा हिजोदेखि राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाएको थियो । अव्यवस्थित तरिकाले सञ्चालन गर्ने गरेको र त्यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै सिटी सफारी सञ्चालनमा रोक लगाइएको हो ।

विराटनगरमा बिहीबारदेखि राजमार्गमा सिटी सफारी चलाउन रोक

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!