
धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १३ गते धनकुटामा गर्न लागेको एकता सन्देश सभा स्थगित भएको छ । आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट सहितको तयारीमा लाग्नुपर्ने भएपछि एकता सभा स्थगित भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न भीम रावल आउन समय नमिलेपछि तत्कालका लागि एकता सभा रोकिएको जनाइएको छ ।
निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लगायतका पार्टीका विभिन्न कारणले रावल उपस्थित नहुने भएपछि सभा स्थगित गरिएको नेपाली कम्युनिष्ट पार्टी धनकुटाकी नेता कुसुम कुमारी श्रेष्ठले जानकारी दिइन् । अहिले स्थगित भएपनि समय मिल्नसाथ एकता सभा आयोजना हुने उनले बताइन् ।

संगालोखबर 













