संगालोखबर
भारी वर्षापछि धरानको सडकमा बग्दै भेल ।

सुनसरी । भारी वर्षापछि आज साँझ भेलले बगाउँदा धरानमा एक बालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ ऐश्वर्य मार्गको नालामा आएको भेलले बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो ।

स्थानीय भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत उनलाई पढाइ सकेर घर फर्कँदै गर्दा नालाको भेलले बगाएको थियो । उनको शव धरान–१७ स्थित ठकुरी खोला पुलदेखि करिब सय मिटर उत्तरतर्फ फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

भारी वर्षापछि आएको भेल बाढीका कारण धेरैतिर क्षति पुगेको छ । केही स्थानमा सडक भासिएको छ । भेलले बगाएर सडकमा जताततै हिलो र ढुगा थुप्रिएको छ । चतरा लाइनका पसल र घरहरूमा भेल पसेर क्षति पुर्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!