संगालोखबर

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्ण रथयात्रामा १४३ जना व्यक्ति पक्राउ परेका छन् । चोरी, पकेटमार र अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विभिन्न घटनामा संलग्न भएका उनीहरूलाई पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेकामध्ये १० जना महिला छन् ।

पक्राउ पर्नेमा केही भारतीय नागरिक पनि रहेका उनको भनाइ छ । वीरगञ्जबाट आएका १४ जना पेसेवर पकेटमारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एसपी कार्कीले भने, ‘हिजो पक्राउ परेका मान्छेबाट थाहा पाइयो वीरगञ्जबाट पनि पकेटमार बोलाइएको रहेछ । त्यही आधारमा आज वीरगञ्जबाट आएका १४ जना पक्राउ परेका छन् ।’ पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान गरेर कानुनी प्रक्रियामा अगाडि बढ्ने एसपी कार्कीले जानकारी दिए ।

रथयात्रालाई व्यवस्थित बनाउन मोरङ प्रहरीले विशेष टोली परिचालन गरेको थियो । हिजो मात्रै पनि मोरङ प्रहरीले रथयात्रा विशेष सुरक्षाका क्रममा २४ जना नियन्त्रणमा लिइएकोमा केहीलाई छाडिसकिएको उनले बताए ।

यसैबीच, रथयात्राका क्रममा कुनै पनि सवारी दुर्घटनाका घटना नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!