अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा आमाछोरा मृत फेला परेका छन् । करिब ४० वर्षीया आमा निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा मृत फेला परेका हुन् । गएराति उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का छ । उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईँले जानकारी दिए । ‘बिहानको राति हत्या भएको हुनसक्छ,’ चापागाईँले संगालोखबरसँग भने, ‘अनुसन्...
झापामा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण

झापामा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण

झापा ।  यातायात व्यवस्था कार्यालय झापाले १९ हजार बढी सवारी चालक अनुमतिपत्र वितरण गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण गरिएको हो ।  यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो । गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता भएका कार्यालयले जनाएको छ ।  यसैगरी १ हजार ७ सय ५ इ–रिक्...
छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

विराटनगर । मोरङको सुन्दरहरैँचाकी अस्मिता पौडेल कार्कीले छोरीहरूलाई विष खुवाएर मारेको स्वीकार गरेकी छन् । सुन्दरहरैँचा-७ स्थित केराघारीमा छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षकी अर्पना मृत फेला परेको चार दिनपछि आज बिहान पक्राउ परेकी उनले विष खुवाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी हुन् ।  झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनमा...
अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

विराटनगर । देशभरका सरकारी अस्पतालका ओपीडी अब सार्वजनिक बिदाको दिन पनि खुला हुने भएका छन् । शनिवार बाहेक धेरैजसो सार्वजनिक बिदामा ओपीडी खुला गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई मङ्गलबार निर्देशन दिएको हो । त्यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाको दिन पनि सबै प्रकारका सेवा सुचारु गर्न/गराउँन भनेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन ...
सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सिधुवाबाट प्रहरीले आज साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सिधुवा बजारको एक चिया पसलबाट साँझ करिब ५ः३० बजे एक महिलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-५ का २२ वर्षीय लक्षु शेर्पा, मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २१ वर्षीय प्रवेश लिम्बू र सुन्दरहरैंचा-९ की २० वर्षीया सलिना क्षेत्री छन् । शङ्का लागेर चेकजाँच गर्दा साथबाट...
मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङमा आवद्ध २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी लामो समयपछि बल्ल पाउने भएका छन् । उनीहरूले एक/एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको छ । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी...
नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

विराटनगर । गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका-७ को केराघारीमा दुई नाबालिकाको शव भेटिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र पारेको छ । धनकुटाको पाख्रिबास नगरपालिका-४ घर भइ सुन्दरहरैँचा बस्दै आएका अर्जुन कार्की र अस्मिता न्यौपानेका छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा मृत फेला परेका थिए । मृतक बालिकाहरूको शव नजिकै विषादीको खाली बट्टासमेत भेटिएको थियो । प्रहरीले घटनाका विषयमा सोही दिनदेखि ...
धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको क...
कोशीका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित

कोशीका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित

विराटनगर । कोशी प्रदेशका वन रक्षक र लेखाका कर्मचारी पुनः आन्दोलित बनेका छन् । आफूहरूलाई मर्कामा पार्ने गरी प्रदेश निजामती कर्मचारी सेवा ऐन संशोधन विधेयक पारित गराउन खोजिएको भन्दै उनीहरूले मङ्गलबार कोशी प्रदेशसभा अगाडि धर्ना दिएका हुन् । गत असारमा भएको सहमति विपरित आफूहरूका माग हटाउन खोजिएकाले आन्दोलन गर्नुपरेको लेखाका कर्मचारीहरू बताउँछन् । सहमति अनुसार ल्याइएको संशोधन विधेयकमा सत्ता पक्षकै सां...
सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

विराटनगर । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकासम्म अनुभव गरिएको थियो । भूकम्पबाट कतै केही क्षति भए, नभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगरमा छाडा चौपायाले दुर्घटनाको जोखिम

विराटनगरमा छाडा चौपायाले दुर्घटनाको जोखिम

विराटनगर । गत साउन ६ गते साँझ विराटनगर–१ पोखरिया विष्णुमाया पुस्तकालय अगाडि मोटरसाइकलले गाईलाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भयो । चालक घाइते भए । उनको हातमा चोट लागेको थियो । साँझको समयमा विराटनगर बजारतिर जाँदै गर्दा एक्कासि सडकमा गाई आएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ थियो । यस्तै, साउन २९ गते राति साढे ९ बजेको समयमा विराटनगरको एयरपोर्ट मोडमा मोटरसाइकलको ठक्क...
टेम्पोको ठक्करले बालकको मृत्यु

टेम्पोको ठक्करले बालकको मृत्यु

सुनसरी । गढी गाउँपालिका–२ भमरी चोकमा भएको दुर्घटनामा एक बालकको गएराति मृत्यु भएको छ । इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा को २ ह १८३७ नम्बरको टेम्पोले ठक्कर दिँदा स्थानीय प्रमोद साह हलुवाईका चार वर्षीय छोरा प्रमनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएको हो । टेम्पो चालक स्थानीय रामकुमार हरिजनलाई प्रहरीले नियन्त्रण...
सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चिलियाटापुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय गङ्गाराम यादवलाई आफ्नै घरको चापाकलमा जडान भएको मोटरको तार जोड्ने क्रममा गएराति करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टम...
बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

खोटाङ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

चितवन । डेङ्गी सङ्क्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका–२ का १ जना पुरुषको भदौ १५ गते उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् । डेङ्गी सङ्क्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो । ...
अमेरिकाको मेरिल्यान्डमा नेपाली मृत भेटिए

अमेरिकाको मेरिल्यान्डमा नेपाली मृत भेटिए

विराटनगर । अमेरिकाको मेरिल्यान्डमा एकजना नेपाली मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्ट २७ मा उनी मृत फेला परेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको जनाइएको छ । उनको मृत्युको ...
भारतीय सीमा सुरक्षा बलद्वारा हतियारसहित नेपाली पक्राउ

भारतीय सीमा सुरक्षा बलद्वारा हतियारसहित नेपाली पक्राउ

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपालीलाई हतियारसहित पक्राउ गरेको छ । तस्करहरूको समूहले रौतहटबाट ठूलो परिमाणमा गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति जाँच गर्दा अवैध हतियारसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको...
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभा । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने निर्णय गरेको छ । भदौ १३ गते  बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा ...
दुहबी जेसीजको आयोजनामा ‘मिसेस तिज २०८१’ हुँदै

दुहबी जेसीजको आयोजनामा ‘मिसेस तिज २०८१’ हुँदै

दुहबी । दुहबी जेसीजले तिज विशेष कार्यक्रमको चौथो संस्करण अन्तर्गत ‘मिसेस तिज २०८१’ आयोजना गर्ने भएको छ । दुहबी जेसीजले पत्रकार सम्मेलन गर्दै दुहबीका १२ वटा वडा र छिमेकी बुढीगङ्गा र गढी गाउँपालिकालाई समेटेर कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो । तिज मनाउने नाममा बढिरहेको विकृति अन्त्य हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको दुहबी जेसीज अध्यक्ष प्रकाश साहले जानकारी दिए । नारीहरूको व्य...
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

विराटनगर । आज कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यो पर्व मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्...
एन्फा महिला लिग फुटबल: वालिङलाई हराउँदै कोशी प्रदेशको विजयी सुरुआत

एन्फा महिला लिग फुटबल: वालिङलाई हराउँदै कोशी प्रदेशको विजयी सुरुआत

विराटनगर । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्‌घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे । प्रतियोगितामा भोलि सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना...
धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ तयार पारेको छ । उक्त पाठ्यक्रमको लोकार्पण गरिएको छ । सरोकारवालासँग विभिन्न चरणको छलफल र स्थानीय शिक्षाविद् एवं बुद्धिजीवीहरूको राय एवं सल्लाह सुझावका आधारमा तयार पारिएको पाठ्यक्रमको गाउँपालिका अध्यक्ष मनोज राईले लोकार्पण गरेका हुन् । गाउँपालिकाभित्रका हरेक कुरा विद्यार्थीहरूलाई जानकारी हुने गरी विषयवस्तु समावेश गरेर पाठ्य...
धरान आएकी ताप्लेजुङकी युवती बलात्कृत

धरान आएकी ताप्लेजुङकी युवती बलात्कृत

सुनसरी । धरानमा एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा धरान आएकी ती युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी ...
झापाको सुरुंगामा बस दुर्घटना

झापाको सुरुंगामा बस दुर्घटना

झापा । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटना भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण ...
भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुर । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्र अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रवि...
मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए । अर्जुनकी श्रीमती २९...
धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटा । धनकुटाको सिधुवामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त केन्द्रको उद्घाटन गरियो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथारजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए । उक्त पुस्तकालय जापान सरकार र ...
हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

झापा । हत्या मुद्दामा जन्मकैद सजाय पाएर फरार रहेका पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको च्याङथापु घर भइ झापाको दमक–१० बस्दै आएका ३३ वर्षीय सुजन बेघा छन् । प्रहरीका अनुसार २०६७ जेठ २९ गते उनले स्थानीय खगेन्द्र राईलाई कुटपिट गरेका थिए । उपचारका क्रममा राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान गरी मुद्दा ...
चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ छन् । माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो । उनीसँगै रहेका स्थानीय हदिस मियाँ घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
error: Content is protected !!