संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले यो वर्षको संविधान दिवस मनाउने तयारी सुरु गरेको छ । यसका लागि ५०१ सदस्यीय मूल समारोह समिति बनाइएको सरकारले जनाएको छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाइने दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।

Advertisement

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको बैठकले दिवसको तयारी सुरु गरेको हो । यस पटकको संविधान दिवस सिर्जनात्मक बनाउने खालका कार्यक्रम गरिने सरकारले जनाएको छ ।

संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति, धर्म–संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने मुख्यमन्त्री कार्कीले बताएका छन् । संविधान दिवस अवसरमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता गरिने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!