संगालोखबर
फाइल तस्वीर

विराटनगर । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा विराटनगरको कोशी अस्पतालमा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । बिहीबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रबिनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक सहितको टोलीले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिने गरी सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेले बिरामीको चाप हेरेर आवश्यकता अनुसार सहजीकरण गरिने र चिकित्सकहरू आउने बताए ।

मन्त्री पौडेलले क्यान्सर रोगका लागि ५ लाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन पहल भइरहेको बताए । उनले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचसम्म पुर्याउने गरी काम भइरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!