संगालोखबर


विराटनगर । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबीच भएको विवाद तनावमा परिणत भएको छ । बुधबार विश्वविद्यालयले सूचना जारी गरेर मनमोहन स्मृति पोलिटेक्निकमा डिप्लोमा ईन सिभिल इन्जिनियरिङमा अध्ययनरत चार विद्यार्थीलाई निलम्बन गरेको थियो । सोही विषयलाई लिएर आज विश्वविद्यालयमा तनावको अवस्था सिर्जना भएको हो ।

पोलिटेक्निकमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई जिस्क्याएको भन्दै बिहीबारबाट चार विद्यार्थीलाई १५ दिनका लागि कारबाही स्वरुप निलम्बन गरिएको थियो ।

Advertisement

निलम्बनमा परेकामध्ये केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गर्दै आएका छन् । एक विद्यार्थीले आफू संलग्न नभएको बताए पनि अन्यले उनको पनि संलग्नता रहेको बताउँदै आएका छन् ।

यसै विषयलाई लिएर आक्रोशित बनेका विद्यार्थीहरूले विश्वविद्यालयको मुख्य गेट बाहिर टायर बालेर प्रदर्शन गरेका छन् । यस्तै मुख्य प्रवेशद्वारमा विद्यार्थीहरूले ताला लगाइदिएका छन् ।

विश्वविद्यालय प्रशासनले अभिभावकहरूसँग पुनः छलफल बोलाउने तयारी गरेको छ । विद्यार्थीहरू दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्न तथा समस्याको समाधान निकाल्न प्रशासनले वार्ताको बाटो रोजेको छ । अहिले अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!