संगालोखबर

विराटनगर । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । संदिग्धलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपमा पक्राउ गरिएको जनाइएको छ । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही टेलिफोन कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ ।

Advertisement

पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरू लगाइसकेको छैन । प्रहरीले बुधबार उनको दिउँसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो । सीसीटिभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना सोमबार साँझ गोली लागेको अवस्थामा टेक्सासस्थित अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले जानकारी दिएको थियो ।

भोजपुर घर भएकी पाण्डे परिवारमा एकमात्र सन्तान रहेको जनाइएको छ । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना त्यही दिन भएको हुनसक्ने अनुमान यसको पुष्टि भने हुन बाँकी छ ।

अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!