संगालोखबर

विराटनगर । पछिल्लो समय अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको सङ्ख्या बढ्दो छ । यसै क्रममा १७६ जना नेपाली ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा पसेका छन् ।

Advertisement

उनीहरू सकुशल रहेको र आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको नेपाली दूतावासले जनाएको छ ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा त्यस क्षेत्रमा पुग्ने गरेको पाइन्छ ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । दूतावासका अनुसार अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमान मार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ । ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीहरूलाई दूतावासले सचेत गराएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!