संगालोखबर

धनकुटा । धनकुटाको चौबिसेमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका–५ बैकुण्ठेका ४५ वर्षीय प्रेमबहादुर जोगीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले जोगीको साथबाट एउटा भरुवा बन्दुक, एउटा खुकुरी र एउटा चक्कु समेत बरामद गरेको छ । उनीबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!