संगालोखबर

विराटनगर । विराटनगरमा आज निकालिने श्री राधाकृष्ण रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार नेपाल र छिमेकी देश भारतबाट रथयात्राको प्रत्यक्ष अवलोकन गर्न पाँच लाख भक्तजन सहभागी हुनेछन् ।

Advertisement

एक महिना अघिदेखि तयारी थालेको समितिले रथयात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निकायसँग सहकार्य गरेको छ । रथयात्रामा सहभागी भक्तजनहरूले सहजै रथको अवलोकन गर्न र उनीहरूको सुरक्षा प्रदान गर्न ठूलो मात्रामा प्रहरी परिचालन भएका छन् ।

भक्तजनहरूको सुरक्षाका लागि ड्रोन र सिसी क्यामेराबाट समेत निगरानी गरिने छ । समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार श्रद्धालु भक्तजनका लागि विभिन्न स्थानमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

प्राथमिक उपचारका लागि पनि व्यवस्था मिलाइएको छ । विभिन्न उपसमिति गठन गरेर सम्पूर्ण कुरालाई व्यवस्थित गरिएको रेग्मीले बताए । रथयात्राका क्रममा एम्बुलेन्सका साथै पर्याप्त औषधि उपचारका सामग्रीसहित स्वास्थ्यकर्मीहरूको टोली समेत परिचालन हुनेछ ।

बहुमूल्य सामग्री बोकेर रथयात्रामा सहभागी नहुन प्रहरीको आग्रह

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!