संगालोखबर

पाँचथर । विस्फोटक पदार्थ पड्‌किँदा घाइते भएका पाँचथरको फालेलुङका दाजुबहिनीको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५ स्थित डाँडा गाउँको एक घरमा विस्फोट हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षीय दिप्सन साँवा र उनकी बहिनी दुई वर्षीया प्रियंशा साँवा छन् । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।

स्थानीय आइतराज केरुङको घरमा बिहीबार साँझ विस्फोटक पदार्थ पड्‌किँदा उनीहरू घाइते भएका थिए । घटनामा अरु दुईजना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ कस्तो खालको हो भन्ने यकिन भइसकेको छैन । घरमा अन्य विस्फोटक पदार्थ पनि रहेको आशङ्कामा नेपाली सेनाको टोली बोलाएर जाँच गर्ने तयारी गरिएको छ ।

पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!