पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कोशी प्रदेशसभा नजिकै प्रशासनले निषेध गरेको क्षेत्रभन्दा बाहिर कार्की अनशनमा बसेका छन् ।  मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ९ वटा मागसहित ४८ घण्टे अल्टिमेटम दिएपनि सुनुवाइ नभएपछि कार्कीले अनशन सुरु गरेका हुन् । आफ्नो पालामा सुरु गरिएका महत्वपूर्ण कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको स...
कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनशन बस्नेसहित पाँच स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सूचना जारी गर्दै आज दिउँसो तीन बजेबाट पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको जनाएका छन् । प्रदेशसभा आसपास देवकोटा चोक देखि कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपास, मुख्यमन्त्री निवास...
२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

२२ वर्षपछि कुशको शब बनाएर दाहसंस्कार, ८३ वर्षीय बुबाले गरे काजकिरिया

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ८३ वर्षीय जनकलाल खतिवडा छोरीको काजकिरियामा बसेका छन् । सशस्त्र युद्धमा बेपत्ता छोरी लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएपछि जनकलाल काजकिरियामा बसेका हुन् । उनले छोरीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको ...
धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटा । धनकुटामा आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । परिचय मोडबाट निकालिएको र्‍याली सामुदायिक भवनमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो । आत्महत्याका कारण विभिन्न रहेकाले यसको रोकथामका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने जिल्ला प्रहरी कार्यालय धनकु...
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्न तयार छु, तर अनशन छाडेर भाग्दिनँ’

कोशीका पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्न तयार छु, तर अनशन छाडेर भाग्दिनँ’

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलि दिउँसो ४ बजेबाट अनशनमा बस्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्कीले प्रदेशसभा अगाडि आमरण अनशन बस्ने बताएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरण पत्र पठाउँदै कार्कीले ४८ घण्टाभित्रमा माग सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘भोलि मुख्यमन्त्रीलाई दिएको समय सकिन्छ । ...
मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखिन थालेको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण गर्मीको समयमा छालासम्बन्धी रोगले सताउने गरेको हो । तीन सय क्षमता रहेको कारागारमा अहिले एक हजार ६० जना कैदीबन्दी छन् । ५० जना क्षमता रहेको महिला विभागमा एक सय एक जना कैदीबन्दी छन् । जसमध्ये ४ नाबालक, ९७ जना महिला छन् । दुई सय ५० क्षमता रहेको पुरुष विभागमा नौ सय ५९ जना कैदीबन्दी...
कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा एक हजार ६५ जनामा डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । झापामा साउनयता सङ्क्रमितको सङ्ख्या एक हजार २८ पुगेको छ । कोशीका १४ जिल्ला मध्ये मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या बढी छ ।  मोरङमा हालसम्म  पाँच सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मोरङ पछि झापा, धनकुटा र सुनसरीमा डेंगुको सङ्क्रमण धेरै छ । स्वास्थ्य निर्देशनालय धनकुटाका फो...
मोरङको सुनवर्षीमा चट्याङ लागेर बालकको मृत्यु

मोरङको सुनवर्षीमा चट्याङ लागेर बालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी-९ स्थित मुस्लिम टोलमा आज दिउँसो चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । अर्की एक बालिका घाइते भएकी छन् । वर्षासँगै परेको चट्याङ लागेर स्थानीय हमित आलमका छोरा ११ वर्षीय सोफियनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘घर छेउमा कटहरको रूखमुनि खेलिरहेका बेला चट्याङ लागेर दुई जना केटाकेटी घाइते भएका थिए,’ डीएसपी बस्नेतले संगालोखब...
पाँचथर बम विस्फोटका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने

पाँचथर बम विस्फोटका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोट हुँदा घाइते भएका दुई बालकको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत पवन र दिप्सन राईको उपचारको जिम्मा सरकारले लिने भएको हो । उनीहरूको स्वास्थ्य अवस्था बुझ्न पुगेका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । भदौ १३ गते स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा चार ज...
मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु 

मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु 

विराटनगर । जिल्ला कारागार मोरङका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा आज बिहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको हो । मुटु सम्बन्धीसमस्या देखिएपछि भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएका तामाङको आज बिहान ११ बजेतिर मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए । जेलर बरालले संगालोखबरसँग भ...
देशभरका उत्कृष्ट ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशीका परे तीन जना

देशभरका उत्कृष्ट ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशीका परे तीन जना

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत तीन जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत भएका छन् । कार्यसम्पादनको आधारमा सरकारले देशभरका ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशी प्रदेशको धनकुटा, सुनसरी र संखुवासभाका एक/एक जना कर्मचारी परेका हुन् । निजामती सेवा पुरस्कारबाट शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई पुरस्कृत भएकी छन् । सङ्खुवासभाको खाँदवारीस्थित नापी कार्या...
कोशीका मुख्यमन्त्रीलाई पूर्व मुख्यमन्त्रीको स्मरण पत्रः मर्न तयार छु, अडान छोड्दिन

कोशीका मुख्यमन्त्रीलाई पूर्व मुख्यमन्त्रीको स्मरण पत्रः मर्न तयार छु, अडान छोड्दिन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई खुला स्मरण पत्र लेख्दै कार्कीले जनताको मतको ऋण तिर्न आफू मर्न पनि तयार रहेको उल्लेख गरेका हुन् । आफूले उठाएका महत्वपूर्ण कुराप्रति हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेवास्ता गरेको उनको आरोप छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्ष ...
विराटनगरमा बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राहीमा विजुलीको बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय अवधनारायण मोदी छन् । धान कुट्ने मिल सञ्चालन गर्दै आएका मोदीलाई सोही मिलमा बत्ती फेर्ने क्रममा शनिवार साँझ करिब ६ः४५ बजे करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘मिलमा बत्ती फिक्स गर्ने क्रममा करेन्ट लागेछ,’ ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक हजार २ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार एक सय रुपैयाँमा कायम भएको छ । शुक्रबार तोलामा एक लाख ५३ हजार ३ सयमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।  तोलामा ४५ रुपैयाँले घटेर चाँदी एक हजार सात सय ५० रुपैयाँमा कारोबार...
हिमालय रोडमा महोत्सव नगर्न व्यापारीको आग्रह, अटेर गरे चाबी बुझाउने चेतावनी

हिमालय रोडमा महोत्सव नगर्न व्यापारीको आग्रह, अटेर गरे चाबी बुझाउने चेतावनी

विराटनगर । विराटनगरको हिमालय रोड क्षेत्रका व्यापारीहरूले सो क्षेत्रमा मेला महोत्सव गर्न महानगरले अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्क बनाउदा स्थानीय व्यापार चौपट भएको भन्दै आक्रोशित व्यापारीहरूले अब सो क्षेत्रमा मेला महोत्सव गर्दा व्यापार झनै सङ्कटमा पर्ने भन्दै सचेत गराएका हुन् । मञ्जिना मुभिज क्रिएसनले केही दिन अघि पत्रकार सम्मेलन गरेर आगामी असोज १७ देखि २३ गतेसम्म सो स्थानमा सड...
विराटनगरबाट सट्टेवाजमा संलग्न दुईजना पक्राउ

विराटनगरबाट सट्टेवाजमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट सट्टेवाज मार्फत गैर कानुनी क्रियाकलाप गर्ने दुईजना पक्राउ परेका छन् । विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । घरम...
कर्मचारीसँग मेयर कोइरालाले भने, ‘हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’ 

कर्मचारीसँग मेयर कोइरालाले भने, ‘हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’ 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकता औँल्याएका छन् । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने उनको दावी छ । ‘जनप्रतिनिधि र कर्मच...
पहिरोले खोटाङका १० परिवार विस्थापित

पहिरोले खोटाङका १० परिवार विस्थापित

खोटाङ । गत बुधबार र बिहीबार दुई दिन परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका १० परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पुर्याउदा ऐसेलुखर्क, रावावेसी लगायत क्षेत्रका १० परिवारका ५० जना मानिस विस्थापित भएका हुन् । प्रहरीका अनुसार ऐसेलुखर्क गाउँपालिका-४ का प्रेमबहादुर राई, सोमप्रसाद तामाङ, सुरेश तामाङ, कर्णबहादुर गिरी, मुगाधन राई, कन्याराज तामाङ, माचिन तामाङ र जुनुकुमार...
फेसबुकको स्टाटसका कारण धनकुटाका जोशी पुगे प्रहरी हिरासतमा

फेसबुकको स्टाटसका कारण धनकुटाका जोशी पुगे प्रहरी हिरासतमा

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धनकुटाका युवा नेता सुजन भाइ जोशी प्रहरीको हिरासतमा पुगेका छन् । खानेपानी वितरणका सन्दर्भमा अश्लिल शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि उनीविरुद्ध ‘साइबर क्राइम’ को उजुरी परेको थियो । उजुरीपछि प्रहरीले उनलाई गत मङ्गलबार पक्राउ गरेको हो । नेकपा एकीकृत समाजवादीका धनकुटा नगर कमिटी अध्यक्षसमेत रहेका जोशी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ...
आजबाट चल्न थाल्यो टिकटक

आजबाट चल्न थाल्यो टिकटक

विराटनगर । आजबाट नेपालमा पुनः टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरेर सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्रतिबन्ध हटाउन निर्देशन दिएपछि टिकटक चल्न थालेको हो । गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित आवश्यक प्रकृया पुर्‍याएर टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । शर्तको विषयमा छलफलका लागि टिकटकका प्रतिनिधिहरू काठमाडौँ आएका थिए । उनी...
इटहरीमा चक्कु देखाएर लुटपाट, सात जना पक्राउ

इटहरीमा चक्कु देखाएर लुटपाट, सात जना पक्राउ

इटहरी । इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । रामधुनी ३ का २२ वर्षीय अनिष कोइराला, १९ वर्षीय सुसन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, रामधुनी ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी ४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका हुन् । उनीहरूलाई टेङ्ग्रा खोल...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै धेरै भएको हो । सोमवारदेखि स्थित रहेको सुनको मूल्य आज तोलामा एक लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गत भदौ १३ गते सुन तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ । बिहीबार तोल...
भोजपुरको ग्रामीण क्षेत्रका स्थानीय निगुरो बेचेर मनग्य आम्दानी गर्दै

भोजपुरको ग्रामीण क्षेत्रका स्थानीय निगुरो बेचेर मनग्य आम्दानी गर्दै

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय निगुरो बेचेर आयआर्जन गर्न थालेका छन् । जेठ, असारदेखि कात्तिक, मंसिर महिनासम्म सङ्कलन गर्न सकिने निगुरो सहजै बिक्री हुन थालेपछी स्थानीय आयआर्जनसँग जोडिएका हुन् । सडकको पँहुच पुगेपछि निगुरो सङ्कलन गरेर बिक्री गर्न सहज भएको स्थानीय बताउँछन् । त्यसै खेर जाने निगुरो सहर बजारमा निर्यात हुन थालेपछी आयआर्जनको बाटो बनेको टेम्केमैयुङ गाउँपालिका-५ का रमेश...
संखुवासभामा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

संखुवासभामा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-९ फाविङमा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु  भएको छ । ओखरबोटेबाट फाविङतर्फ जाँदै गरेको को.१ ख ५१४१ नम्बरको बसबाट खस्दा स्थानीय ३२ वर्षीय भक्तबहादुर तामाङको मृत्यु भएको हो । बसमा यात्रा गरिरहेका तामाङ ढोकाबाट खसेपछि सोही बसको पछाडिको चक्काले उनलाई किचेको थियो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि मादी नगर अस्पताल लगिएको थियो । बिहीबार साँझ करिब ७ बजे द...
आज हरितालिका तिज मनाइदै

आज हरितालिका तिज मनाइदै

विराटनगर । भगवान शिव-पार्वतीको विशेष पूजा आराधना गरेर आज हरितालिका तिज पर्व मनाइदैछ । व्रत बसेर विशेष पूजा आराधना गर्दा मनोकामना पुरा हुने, परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वासका साथ हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । सत्य युगमा आजकै दिन पार्वतीले निराहार व्रत बसेर महादेव स्वामी पाएको कथन छ । श्रीस्वस्थानीमा पनि यो कथाको व्याख्या गरिएको छ । आज निराहार व्रत बसेर...
चौबिसेमा तिज गीत प्रतियोगिता

चौबिसेमा तिज गीत प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा खुला सामूहिक लोक गीत प्रतियोगिता गरिएको छ । तीज पर्वको अवसर पारेर चौबिसे गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा वडा नं. ६ को टिम प्रथम भएको छ । वडा नं.७ दोस्रो, वडा नं.३ तेस्रो र वडा नं.४ को टिमले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । गाउँपालिका अ...
विकास निर्माणका काममा प्रदेश सरकार अगाडि छ : मुख्यमन्त्री कार्की

विकास निर्माणका काममा प्रदेश सरकार अगाडि छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबी गरे । ‘प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ । हामी माथि प्रहार भएको छ’, मुख्यमन्त्री कार्कील...
एन्फा महिला लिगमा कोशी प्रदेशको दोस्रो जित

एन्फा महिला लिगमा कोशी प्रदेशको दोस्रो जित

काठमाडौं। कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो । दिव्या यसमाली मगरको आत्मघाती गोलसँगै कोशीले दोस्रो जित निकाल्न सफल भयो । कोशीले दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ भने बागमती तीन अङ्कमा सीमित भएको छ । कोशीको जितमा समीक्षा मगरले एक गोल गरेकी छिन् । यता...
खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो । खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला...
अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा आमाछोरा मृत फेला परेका छन् । करिब ४० वर्षीया आमा निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा मृत फेला परेका हुन् । गएराति उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का छ । उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईँले जानकारी दिए । ‘बिहानको राति हत्या भएको हुनसक्छ,’ चापागाईँले संगालोखबरसँग भने, ‘अनुसन्...
error: Content is protected !!