संगालोखबर

विराटनगर । मोरङको सुनवर्षी-९ स्थित मुस्लिम टोलमा आज दिउँसो चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । अर्की एक बालिका घाइते भएकी छन् ।

Advertisement

वर्षासँगै परेको चट्याङ लागेर स्थानीय हमित आलमका छोरा ११ वर्षीय सोफियनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘घर छेउमा कटहरको रूखमुनि खेलिरहेका बेला चट्याङ लागेर दुई जना केटाकेटी घाइते भएका थिए,’ डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘एक जनाको मृत्यु भयो, अर्को एक जनाको उपचार भइरहेको छ ।’

चट्याङ लागेर बेहोस भएपछि उनीहरूलाई उपचारका लागि रङ्गेली अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो करिब २ः४५ बजे सोफियनको मृत्यु भएको हो । स्थानीय राजवुल आलमकी छोरी ८ वर्षीया नजरा खातुन घाइते छन् ।

रङ्गेली अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आज दिउँसो केही समय वर्षा भएको थियो । सोही क्रममा चट्याङ परेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!