संगालोखबर

विराटनगर । आजबाट नेपालमा पुनः टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरेर सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्रतिबन्ध हटाउन निर्देशन दिएपछि टिकटक चल्न थालेको हो ।

Advertisement

गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित आवश्यक प्रकृया पुर्‍याएर टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । शर्तको विषयमा छलफलका लागि टिकटकका प्रतिनिधिहरू काठमाडौँ आएका थिए ।

उनीहरु सरकारले राखेको सर्त मान्न तयार भएपछि टिकटक माथिको प्रतिवन्ध हटाइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!