संगालोखबर

खोटाङ । गत बुधबार र बिहीबार दुई दिन परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका १० परिवार विस्थापित भएका छन् ।

Advertisement

पहिरोले घरमा क्षति पुर्याउदा ऐसेलुखर्क, रावावेसी लगायत क्षेत्रका १० परिवारका ५० जना मानिस विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार ऐसेलुखर्क गाउँपालिका-४ का प्रेमबहादुर राई, सोमप्रसाद तामाङ, सुरेश तामाङ, कर्णबहादुर गिरी, मुगाधन राई, कन्याराज तामाङ, माचिन तामाङ र जुनुकुमारी राईको घर पहिरोका कारण भत्किएको छ ।

ऐसेलुखर्क-१ का रत्नबहादुर रम्तेल र रावावेसी गाउँपालिका–६ हौचुर चापखर्ककी पशुपति गुरुङको घर पनि क्षति हुँदा उनीहरु विस्थापित भएका छन् ।

दिक्तेल बजारको खानेपानी र ऐसेलुखर्क गाउँपालिकाको सभा हलमा पनि पहिरोले क्षति पुर्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!