संगालोखबर


विराटनगर । विराटनगरबाट सट्टेवाज मार्फत गैर कानुनी क्रियाकलाप गर्ने दुईजना पक्राउ परेका छन् । विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

Advertisement

घरमा छापा हान्ने क्रममा एन्ड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स डाउनलोड गरेको पत्ता लागेको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरूले सो मार्फत अनलाइन डिजिटल खाताहरूबाट सट्टेबाजी लिनेदिने कार्य गरेको पाइएको छ ।

उनीहरूले सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत उपकरण प्रहरीले बरामद गरेको छ । गत भदौ १८ गते पक्राउ परेका उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट म्यादथप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!