संगालोखबर


विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत तीन जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत भएका छन् । कार्यसम्पादनको आधारमा सरकारले देशभरका ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशी प्रदेशको धनकुटा, सुनसरी र संखुवासभाका एक/एक जना कर्मचारी परेका हुन् ।

निजामती सेवा पुरस्कारबाट शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई पुरस्कृत भएकी छन् । सङ्खुवासभाको खाँदवारीस्थित नापी कार्यालयका सर्वेक्षक आशा राई र कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीका दरोगा बुनु राना उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

Advertisement

उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गरिएको हो । शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पुरस्कृत गरेका हुन् । हरेक वर्ष निजामती सेवा दिवसको दिन सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको छ ।

सर्वोकृष्ट कर्मचारीको पुरस्कार भने विगत ८ वर्षअघिदेखि कसैलाई पनि प्रदान गरिएको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!