संगालोखबर


विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ८३ वर्षीय जनकलाल खतिवडा छोरीको काजकिरियामा बसेका छन् ।

सशस्त्र युद्धमा बेपत्ता छोरी लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएपछि जनकलाल काजकिरियामा बसेका हुन् । उनले छोरीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए ।

अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको गत भदौ १७ गते दाहसंस्कार गरिएको हो ।

२०५८ साल मङ्सिरमा माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता बनेकी लक्ष्मी २०५९ भदौ १७ गते सुनसरीको खनारबाट पक्राउ परेकी थिइन् । दिदी पक्राउ परेको १५ दिनपछि खबर पाएपनि २२ वर्षसम्ममा पनि पत्ता लाग्न नसकेको भाइ प्रेमले बताए ।

‘दिदीको अवस्थाबारे केही पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको थियो’, भाइ प्रेमले भने, ‘अदालतले मृत्युको घोषणा गरेपछि दाहसंस्कार गरिएको हो ।’

२०३६ सालमा जन्मिएकी खतिवडा २०५८ साल मङ्सिरबाट जनयुद्धमा होमिएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!