संगालोखबर

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोट हुँदा घाइते भएका दुई बालकको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत पवन र दिप्सन राईको उपचारको जिम्मा सरकारले लिने भएको हो ।

Advertisement

उनीहरूको स्वास्थ्य अवस्था बुझ्न पुगेका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । भदौ १३ गते स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा चार जना घाइते भएका थिए ।

घाइते मध्ये ११ वर्षीय दिप्सन र उनकी बहिनी दुई वर्षीया प्रियंशा साँवाको मृत्यु भइसकेको छ । बाँकी दुई जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!