संगालोखबर

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनशन बस्नेसहित पाँच स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सूचना जारी गर्दै आज दिउँसो तीन बजेबाट पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको जनाएका छन् ।

प्रदेशसभा आसपास देवकोटा चोक देखि कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपास, मुख्यमन्त्री निवास वरिपरि, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि र जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रलाई विरोधका कार्यक्रम गर्न रोक लगाइएको हो ।

विराटनगरलाई केन्द्रबिन्दु बनाएर हुनसक्ने अनशन लगायत विरोधका कार्यक्रमलाई मध्यनजर गरी निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकोले कुनैपनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनी लगायत विरोधजन्य कार्यहरू नगर्न प्रशासनले आग्रह गरेको छ । कार्की अहिले चार बजेबाट आमरण अनशन बस्ने तयारीमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!